चितवन विशेष

राप्तीका वडा अध्यक्ष आचार्य नागरिकलाई स्वास्थ्य शिविरको निम्ता दिन अटो चलाएर घरघरमा

Banner

चितवन, साउन ११-

चितवनको राप्ती नगरपालिका–४ वडा अध्यक्ष केदारप्रसाद आचार्य आफैँ अटो चलाएर नागरिकको घरघरमा आँखा शिविरको प्रचारमा पुगेका छन् । भोलि आधारभूत स्वास्थ्य केन्द्र राप्ती नगरपालिका–४ डडुवामा हुने निःशुल्क आँखा शिविरको प्रचारमा आफै अटो चलाएर निस्किएका हुन् ।

बिहान १० बजेबाट ३ बजेसम्म हुने शिविरको लागि उनी अटोमा स्पिकर राख्दै राप्तीको चौकीबाट डडुवा कुनासम्म हुँदै मुख्य राजमार्ग क्षेत्रसम्म पुगेका छन् । नेपाल नेत्र ज्योति संघ, भरतपुर आँखा अस्पताल र राप्ती नगरपालिका वडा नम्बर ४ को संयुक्त आयोजनामा सो शिविर हुन लागेको हो । कार्यक्रमलाई लायन्स क्लब चितवन नेशनल पार्क र लायन्स क्लब अफ चितवन इनोभेटिभले सहयोग गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>