चितवन विशेष
भरतपुर अस्पताल आकस्मिक कक्षका पारामेडिक्स अधिकारी काममा फर्किए
०

प्रतिमा कुमाल
चितवन, साउन ११ –
भरतपुर अस्पताल आकस्मिक कक्षका पारामेडिक्स (प्राथमिक उपचार गर्ने व्यक्ति) प्रदिप अधिकारी काममा फर्किएका छन् ।
साउन १ गतेदेखि आफ्नो काममा नआएका अधिकारी काममा फर्किएको अस्पतालले जानकारी दिएको हो ।
नरायणी अनलाइनमा समाचार प्रसारण भएसँगै अस्पतालका मेसु कृष्णप्रसाद पौडेलले अधिकारीले मौखिक बिदा लिएर बसेको जानकारी दिए । आफूसँग मौखिक बिदा लिएका भन्दै उनले आकस्मिक कक्षमा जानकारी ढिलो भएको बताए ।
४ दिनसम्म अधिकारी काममा नआउदा बिरामीले सास्ती खेप्नु परेको थियो । साथै बिहानको कार्यतालिका रहेको अधिकारीको सहकर्मीहरुलाई पनि उनी बिदामा बसेको थाहा थिएन । दैनिक कार्यतालिकामा उनको नाम थियो । यो अस्पतालको लापरवाही भन्दै बिरामीहरुले गुनासो गरेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























