Breaking News

चितवनमा तीव्ररुपमा फैलँदै कोरोना, ३७ जनाको पीसीआर परीक्षणमा १३ जनामा संक्रमण

Banner

चितवन, साउन ११-

चितवनमा तीव्ररुपमा कोरोना संक्रमण फैलिन थालेको छ ।

एक हप्ताअघिसम्म कोरोना संक्रमण शुन्य रहेको चितवनमा अहिले कोरोना संक्रमित बढेर सक्रिय संक्रमितको संख्या ४३ पुगेको हो ।

जिल्ला स्वास्थ्य कार्यालयले आज उपलब्ध गराएको तथ्यांक अनुसार आज ३५ जनाको पीसीआर र दुई जनाको एन्टिजेन परीक्षणमा १३ जनामा कोरोना संक्रमण पाइएको छ । अहिले चितवनका विभिन्न अस्पताको आइसोलेसनमा दुई जना र घरमा आइसोलेसनमा ४१ जना सक्रिय संक्रमित रहेका छन् । १३ जना संक्रमित मध्ये ११ जना भरतपुर महानगरपालिका, एक जना कालिका र एक जना रत्ननगरका रहेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>