चितवन विशेष

भरतपुर अस्पतालमा आजदेखि ओपिडी टिकट निःशुल्क

Banner

चितवन,साउन ८-

भरतपुर अस्पतालले आजदेखि ओपिडी सेवा निःशुल्क गरेको छ । अस्पतालले टिकट वापतको शुल्क नलिने भएको हो । अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारीका अनुसार अस्पतालले लिंदै आएको ३० रुपैयाँ शुल्क आजदेखि नलिने निर्णय गरिएको छ । अस्पताल विकास समितिको बैठकले यो निर्णय गरेको हो ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा.कृष्णप्रसाद पौडेलले महिला र बीमा मार्फत् आउनेहरुले यस अघि नै शुल्क नलिने गरेको बताउँदै बाँकी रहेकाहरुलाई पनि शुल्क नलिने निर्णय गरिएको बताउनुभयो । उहाँले भन्नुभयो आजदेखि अस्पतालको टिकट काउन्टरमा नगद कारोबार हुँदैन ।

पैसाको कारोबार गर्दा अलमल हुने र टिकट लिन लामो समय लाग्ने गरेकाले छिटो छरितो सेवा दिन पनि शुल्क नलिने निर्णय गरिएको उहाँको भनाई छ । अस्पतालमा दैनिक १ हजार ५०० हाराहारी बिरामीले ओपिडी सेवा लिने गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>