Breaking News

चितवनमा आज चार कोरोना संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या ३० पुग्यो

Banner

चितवन, साउन ७-

चितवनमा चार जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार आज भरतपुर महानगरपालिकामा जम्मा २२ जनाको पीसीआर परीक्षण गर्दा चार संक्रमित थपिएका हुन् । यो सँगै चितवनमा सक्रिय संक्रमितको संख्या ३० पुगेको छ । जसमध्ये घरको आइसोलेसनमा २८ जना र अस्पतालको आइसोलेसनमा दुई जना रहेका छन् ।

पहिलो र दोस्रो लहरसमेत गरी अहिलेसम्म चितवनमा ३३ हजार १२२ जनामा कोरोना संक्रमण देखिएको छ भने ४४९ जनाले ज्यान गुमाएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>