चितवन विशेष

माडीको पुष्प–मदन स्मृति बाटिकामा पुष्पलाल र मदन भण्डारीको शालिक अनावरण

Banner

चितवन ,साउन ७ –

माडी नगरपालिका वडा नम्बर ६ मा कम्युनिस्टका संस्थापक नेता पुष्पलाल श्रेष्ठ र जननेता मदन भण्डारीको शालिकको अनावरण गरिएको छ ।

४४ औं पुष्पलाल स्मृति दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टी एमालेका पोलिटब्युरो सदस्य एवम् चितवन जिल्ला इन्चार्ज देवीप्रसाद ज्ञावलीले सो शालिकको आज अनावनरण गरेका हुन् ।

ज्ञवालीले पुष्पलाल र मदन भण्डारीका विचारले नै नेपालको कम्युनिस्ट आन्दोलन अगाडि बढेको जनाउँदै उनीहरुका विचारहरुलाई अनुकरण गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।

पुष्प–मदन स्मृति बाटिका व्यवस्थापन समिति माडी ६ द्वारा आज शनिबार आयोजित शालिक अनावरण कार्यक्रममा पुष्प –मदनको शालिक अनावरण गर्दै पोलिटब्युरो सदस्य ज्ञावलीले पुष्पलाल र मदन भण्डारीका विचारद्वारा नै नेकपा एमाले अगाडि बढिरहेकोले नै देशको लोकप्रिय पार्टी बनेको धारणा राखे । पुष्पलाल र मदन भण्डारीले दलाल, नोकरशाही र पुँजीवादी प्रवृतिको विरुद्धमा आवाज उठाएर संघर्ष गरेको कारण नेपाली राजनीतिको चुरो उनीहरुकै विचारमा केन्द्रित रहेको बताए ।

ज्ञवालीले आफै सहभागी भएर मदन भण्डारीको अस्तु बिसर्जन गरी समीको रुख रोपेको स्थानमा नै शालिक अनावरण गर्ने अवसर पाएकोमा खुसी लागेको जनाउँदै अहिले नेपाली राजनीतिमा देखिएका विकृति र विसंगति हटाउनका लागि पनि पुष्पलाल र मदन भण्डारीका विचारहरुलाई सबैले अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याए ।

शालिक अनावरण कार्यक्रममा माडी नगरपालिकाकी नगर प्रमुख ताराकाजी कुमारी महतोले नेपालको कम्युनिस्ट आन्दोलनमा पुष्पलाल र मदन भण्डारीको योगदानको स्मरण गर्दै पुष्प–मदन स्मृति वाटिका माडीको ऐतिहासिक र पर्यटकीय गन्तव्य बनेको जानकारी दिइन् । वाटिकाका अध्यक्ष श्यामकुमार विष्टको अध्यक्षतामा सम्पन्न भएको शालिक अनावरण कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य लक्ष्मीकान्त चालिसे,नेकपा माओवादी केन्द्रका प्रतिनिधि भीम केसी, पुष्प मदन स्मृति वाटिकाका उपाध्यक्ष फणिन्द्र दवाडी लगायतले मन्तव्य राखेका थिए । जननेता मदन भण्डारीको अस्तुलाई नेपालका विभिन्न स्थानमा विसर्जन गर्ने पार्टीको निर्णयअनुसार २०५० साल जेठ १७ गते देवीप्रसाद ज्ञवालीको नेतृत्वमा माडीको लक्ष्मीनिवासमा अस्तु विसर्जन गरी समीको रुख रोपिएको थियो ।

अस्तु विसर्जन गरिएको स्थानलाई प्रवद्र्धन गर्ने उद्देश्यले २०५४ सालमा तत्कालिन कल्याणपुर गाविसले २५ हजार बजेट विनियोजन गरी टावर बनाउने काम सुरु गरेको थियो । त्यसपश्चात २०७३ वैशाखमा माडीमा प्रर्यटनसम्बन्धी अन्तरक्रिया गरी श्यामकुमार विष्टको अध्यक्षतामा समिति नै बनाएर योजनाबद्ध काम भइरहेको छ ।

अहिले पुष्प–मदन बाटिकामा टावर,पिङ, बाल उद्यान, वनभोज स्थल,गोल घर, सभाहल निर्माण भएका छन् भने जिपलाइन सञ्चालन गर्ने विषयमा अध्ययन भइरहेको अध्यक्ष श्यामकुमार विष्टले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>