अन्तर्राष्ट्रिय

हङकङ हस्तान्तरणको २५ औं वर्षगाँठमा सीले गरे क्र्याकडाउनको बचाउ

Banner

हङकङ, साउन ६-

चिनियाँ राष्ट्रपति सी चिनफिङले शुक्रबार बेलायतबाट हङकङलाई हस्तान्तरण गरेको २५औँ वर्षगाँठको उपलक्ष्यमा कडाईका साथ आयोजित कार्यक्रमको अध्यक्षता गर्दै असहमतिविरुद्धको क्र्याकडाउनको बचाउ गरे ।

हङकङको साँचो लोकतन्त्रु हस्तान्तरण पछि सुरु भयो। चीनले ‘हङकङको भलाइका लागि’ काम गरेको छ र ‘एक देश, दुई प्रणाली’ परिवर्तन गर्नुपर्ने कुनै कारण छैन,’ सी जिनपिङले भने।

मातृभूमिसँग पुनर्मिलन पछि, हङकङका जनता आफ्नै सहरको मालिक बने…हङकङको साँचो लोकतन्त्र यहीँबाट सुरु भयो, उनले थपे।

२०१९ मा हङकङमा सरकार विरोधी प्रदर्शन भड्किएपछि त्यहाँ चीनको शासनलाई सबैभन्दा ठूलो चुनौती खडा भएको थियो यद्धपि बेइजिङले असहमतिलाई कुल्चेर र दबाएर अघि बढ्यो, न्यूयोर्क टाइम्सले रिपोर्ट गरेको छ ।

प्रहरी तथ्याङ्क अनुसार जुन २०१९ देखि, दंगा, गैरकानूनी सभा र आगजनीलगायत विरोध-सम्बन्धित आरोपमा १०,००० भन्दा बढी व्यक्ति पक्राउ परेका छन् र झन्डै ३,००० व्यक्तिलाई सजाय दिइएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>