Breaking News

कोरोना संक्रमण बढ्योः चितवनमा ६ र देशभर ३९१ जना संक्रमित थपिए

Banner

चितवन, साउन ४-

चितवनमा कोरोना संक्रमण बढ्दै गएको छ ।

हिजो मंगलबार एक जनामा देखिएको कोरोना संक्रमण आज बुधबार ६ जनामा देखिएको हो ।

स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार भरतपुर महानगरपालिकामा ५ जना र कालिका नगरपालिकामा एक जनामा कोरोना संक्रमण देखिएको छ । हिजो साउन ३ गते भने भरतपुरमा एक जनामा मात्र कोरोना संक्रमण देखिएको थियो ।

थप ३९१ जनामा कोरोना संक्रमण पुष्टि

देशभर थप ३९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घन्टामा परीक्षण भएका ३९८१ नमूनामध्ये ३९१ नमूना रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २५६२ नमूनाको पीसीआर र १४१९ नमूनाको एन्टिजेन विधिबाट परीक्षण भएको थियो। जसमध्ये पीसीआरबाट ३४० र एन्टिजेनबाट ५१ जना गरी कूल ३९१ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा कोरोनाबाट कसैको पनि मुत्यु नभएको मन्त्रालयले जनाएको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>