Breaking News

राजनीतिमा साना दल हाबी भए मुलुकले सही बाटो समाउँदैनः एमाले महासचिव पोखरेल

Banner

काठमाडौँ, साउन ४-

नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा जति साना दलहरु राजनीतिमा हावी हुन्छन् उति मुलुकले सही बाटो नसमाउने दाबी गरेका छन् ।
बुधबार अनलाइनका सम्पादकहरूसँगको अन्तरक्रियामा महासचिव पोखरेलले सो कुरा बताएका हुन् ।

‘जति साना दलहरु राजनीतिमा हावी हुन्छन् मुलुकले सही बाटो समाउँदैन । आज के देखिन्छ भने तेस्रो चौथो पार्टी प्रधानमन्त्री खोज्दै भौतारिँदै हिँडिराखेको देख्दा नेपालको लोकतन्त्रले सही सामात्या छ र ?’, पोखरेलले प्रश्न गर्दै भने, ‘जनमतले १२ प्रतिशतको सामथ्र्य राख्दैन,’ प्रधानमन्त्री खोज्न देश विदेश दौडाहामा कुद् या छ ,योभन्दा लज्जाजनक लोकतन्त्र के हुन्छ ? लोकतन्त्र भनेको जनमत भएकाहरुले शासन गर्ने हो, त्यसैले राजनीतिक धुर्वीकरणको कुरा गरेको हो’, पोखरेलको भनाइ छ ।

महासचिव पोखरेलले गभर्नरमाथि आक्रमण हुनुमा वित्तिय अराजकता मच्चाउने र कालोधनलाई सेतो बनाउन नपाएकाहरुले गरेको दाबी गरे । उनले संसद विघटनको बचाउ गर्दै जनतासँग जान खोज्नुलाई लोकतान्त्रिक प्रक्रियाका रुपमा बुझ्न आग्रह गरे । उनले गठबन्धनसँग एमालेले चुनाव हारेको सत्य भए पनि कांग्रेस जनमतमा एमालेभन्दा पछाडि रहेको स्वीकार गर्नुपर्ने बताए । उनले नेकपा एमाले आफ्नै शक्तिमा चुनाव लड्ने भन्दै एमालेको नीतिमा सहमत हुनेहरूसँग कही कतै सहकार्य हुनसक्ने बताए ।

‘नेकपा एमाले असफल भयो भन्ने कुरा आग्रहले होइन इण्डिकेटरले देखाउनुपर्छ । सूचकले बेठीक भन्छ हामी गलत रहेछौ । सबै सूचक सकारात्मक छ भने हामी सही हुन्छौ, सूचकले सकारात्मक देखाइरहेको छ अनि कसरी एमाले असफल हुन्छ ?’ पोखरेलको प्रश्न छ । उनले पछिल्लो समय नेकपाका बहुमत सचिवालय सदस्य एकजुट हुनु कुनै अनौठो कुरा नभएको भन्दै त्यसले एमालेको जनमतलाई खासै फरक नपर्ने बताए ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>