अन्तर्राष्ट्रिय

हङकङ हस्तान्तरणको २५ औं वर्षगाँठमा सीले गरे क्र्याकडाउनको बचाउ

Banner

हङकङ, साउन ४-

चिनियाँ राष्ट्रपति सी चिनफिङले शुक्रबार बेलायतबाट हङकङलाई हस्तान्तरण गरेको २५औँ वर्षगाँठको उपलक्ष्यमा कडाईका साथ आयोजित कार्यक्रमको अध्यक्षता गर्दै असहमतिविरुद्धको क्र्याकडाउनको बचाउ गरे ।
हङकङको साँचो लोकतन्त्रु हस्तान्तरण पछि सुरु भयो। चीनले ‘हङकङको भलाइका लागि’ काम गरेको छ र ‘एक देश, दुई प्रणाली’ परिवर्तन गर्नुपर्ने कुनै कारण छैन,’ सी जिनपिङले भने।

मातृभूमिसँग पुनर्मिलन पछि, हङकङका जनता आफ्नै सहरको मालिक बने।।। हङकङको साँचो लोकतन्त्र यहीँबाट सुरु भयो, उनले थपे । २०१९ मा हङकङमा सरकार विरोधी प्रदर्शन भड्किएपछि त्यहाँ चीनको शासनलाई सबैभन्दा ठूलो चुनौती खडा भएको थियो यद्धपि बेइजिङले असहमतिलाई कुल्चेर र दबाएर अघि बढ्यो, न्यूयोर्क टाइम्सले रिपोर्ट गरेको छ ।

प्रहरी तथ्याङ्क अनुसार जुन २०१९ देखि, दंगा, गैरकानूनी सभा र आगजनीलगायत विरोध-सम्बन्धित आरोपमा १०,००० भन्दा बढी व्यक्ति पक्राउ परेका छन् र झन्डै ३,००० व्यक्तिलाई सजाय दिइएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>