चितवन विशेष

भरतपुर महानगरको ४ नम्बर वडा कार्यालय भवनको शिलान्यास

Banner

चितवन, साउन ४-

भरतपुर महानगरपालिका वडा नम्बर ४ कार्यालय भवनको शिलान्यास भएको छ ।

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले वडा नम्बर ४ को छाहारी बस पार्क नजिक बन्ने कार्यालय भवनको आज शिलान्यास गरेकी हुन् ।
त्यस्सैगरी मेयर दाहालले सोही अवसरमा वडा नम्बर ४ मा निर्माण सम्पन्न भएको राम मन्दिर आधारभूत स्वास्थ्य चौकीको पनि उद्घाटन गरिन् । वडा कार्यालय शिलान्यस तथा स्वास्थ्य चौकी उद्घाटन कार्यक्रममा मेयर दाहालले कार्यालय निर्माण भएसँगै मुस्कानसहित छिटो छरितो सेवा प्रवाह हुने विश्वास व्यक्त गरिन् ।

मेयर दाहालले अब भरतपुरमा दुई तीन वटा बाहेक सबै वडा कार्यालयहरु निर्माण सम्पन्न भइसकेको र बाँकी पनि निर्माण हुने बताइन् । वडा कार्यालय नहुँदाका संरचनाबाट सेवा प्रवाहमा केही समस्या देखिएकाले नयाँ सुविधा सम्पन्न भवन निर्माण गरिएको उनले विचार राखिन् । सोही अवसरमा उनले महानगरपालिकाको प्रशासनिक भवन पनि निर्माण कार्य केही समयमै हुने जानकारी गराइन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>