देश/प्रदेश
विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न सुझाव संकलन भइरहेको छ: प्रमुख निर्वाचन आयुक्त
०

काठमाडौं, साउन ४ –
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले अनलाइन भोटिङ सिस्टम प्रयोग गर्न सकिने बताएका छन् ।
गैरआवासीय नेपाली संघका प्रतिनिधिमण्डलसहित गैरआवासीय नेपाली संघका प्राविधिक समूहसँगको भेटमा थपलियाले सर्वोच्च अदालतको परमादेशले विदेशमा बसेका नेपालीले पनि मतदान गर्न पाउने पर्ने अधिकारको सुनिश्चितता गरेको स्मरण गराए ।
आयोगले पनि विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न र अझै व्यवस्थित बनाउन सुझाव संकलन गरिएको बताए ।
एनआरएनएका अध्यक्ष बद्री केसीले एनआरएनए चुनावका लागि बनाएको एप्स निर्वाचन आयोगले पनि प्रयोग गर्न सक्ने बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























