देश/प्रदेश
झापामा आगलागीः ६ घर जलेर नष्ट
०
झापा, साउन ४–
झापा गाउँपालिका–५ सिमलडाँगीमा विद्युत् सर्ट भई आज बिहान आगलागी हुँदा ६ घर जलेर नष्ट भएका छन् ।
स्थानीय अब्दुल करिब अली, अब्दुल जुलास अली, अमुल अली, अनावर अली, स्माइल अली र सामेद अलीको घर पूर्णरूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अब्दुल करिब अलीको घरमा विद्युत् सर्ट भई आगलागी भएपछि अन्य छिमेकीको घरसमेत आगो सल्केको हो ।
आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । टिनको छाना भएको घरमा लागेको आगो स्थानीयवासी, नेपाल प्रहरी सशस्त्र प्रहरीले निभाएका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>