चितवन विशेष

लायन्स क्लबका मुख्य पदाधिकारीहरुलाई गैँडाकोटमा तालिम

Banner

गैँडाकोट, साउन ४-

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ आरले आज क्लबका अध्यक्ष, उपाध्यक्ष, सचिब र कोषाध्यक्षहरुलाई तालिम प्रदान गरेको छ ।

आज सम्पन्न तालिममा क्लष्टर नं ३,४, ५ का अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षहरुको सहभागी भएको डिष्ट्रिक ३२५ आरका सचिव राजेन्द्र गौतमले जानकारी दिए ।

लायन्स क्लबहरुले आफूले गरेका सामाजिक तथा मानवीय कार्यको रिपोर्टिङ डिष्ट्रिक तथा अन्तर्राष्ट्रियस्तरमा कसरी र किन गर्ने भन्ने जानकारी प्रदान गर्न तालिमको आयोजना गरिएको लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ आर का डिष्ट्रिक गर्भनर सिद्धार्थलाल चुकेले जानकारी दिए ।
सहभागीहरुलाई डिष्ट्रिकका एडिसनल क्याबिनेट सेक्रेटरी पूर्णप्रसाद शर्मा, कोषाध्यक्ष शुरेशकुमार श्रेष्ठ, सचिव राजेन्द्र गौतम र पूर्वडिष्ट्रिक गर्भनर राजकुमार श्रेष्ठ र द्वितीय भाइस डिष्ट्रिक गर्भनर दिनानाथ न्यौपाने तालिम प्रदान गरेका थिए ।

प्रशासनिक कार्य सहजताका लागि डिष्ट्रिक ३२५ आरलाई ६ वटा क्लष्टरमा छुट्टाइएको छ । काठमाडौं क्षेत्र १ नं क्लष्टरमा पर्दछ भने पूर्वीचितवन क्लष्टर नं २ मा पर्छ । त्यसैगरी नवलपुर क्षेत्रलाई क्लष्टर नं ६ मा राखिएको छ । आजको तालिममा भरतपुर महानगरपालिका र इच्छाकामना गाउँपालिकाअन्र्तगत रहेका क्लष्टर नं ३,४ र ५ का अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षहरुको सहभागिता रहेको थियो । बाँकी क्षेत्रमा डिष्ट्रिकको पहिलो क्याबिनेट बैठक पछाडि तालिमको आयोजना गरिने छ । कार्यक्रम डिष्ट्रिक गर्भनर सिद्धार्थलाल चुकेको अध्यक्षतामा भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>