चितवन विशेष

चितवनको रत्ननगरमा राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय स्थापना

Banner

चितवन, साउन ३-

पूर्वी चितवनको रत्ननगर नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी कार्यालय स्थापना भएको छ ।

रवि लामिछाने नेतृत्वको सो पार्टीका जिल्ला अध्यष यम शर्माले आज रत्ननगरको बकुलहरमा नगर पार्टी कार्यालय उद्घाटन गरेका हुन् ।

कार्यालय उद्घाटन गर्दै शर्माले ठूला दलहरुले जनताको अवस्था परिर्वतन गर्न नसकेका कारण राष्ट्रिय स्वतन्त्र पार्टीको जन्म भएको बताए । देशको व्यवस्था बदल्न जनयुद्ध गरेका पार्टीहरुबाट केही हुन सकेन उनले भने जनताको समस्या उस्तै छ । देशको व्यवस्था बदल्ने खोज्नेहरुबाट जनताको अबस्था परिर्वतन गर्न नसकेको उनको भनाइ छ ।

नगर समिति अध्यक्ष रामनाथ भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा सो पार्टीकी भरतपुर महानगर समिति अध्यक्ष सीता ज्ञवाली, खैरहनी नगर समिति अध्यक्ष राज सिलवाल,माडी नगर समिति अध्यक्ष नारायणदत्त रिजाल,रत्ननगर नगर कमिटी सदस्य गणेश अर्याल,समाजसेवी दण्डपाणि रिजाललगायतले मन्तव्य राखेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>