अन्तर्राष्ट्रिय

सीमा सडक निर्माण स्थलबाट १९ भारतीय मजदुर बेपत्ता

Banner

नयाँ दिल्ली,साउन ३-

अरुणाचल प्रदेशको दुर्गम कुरुङ कुमे जिल्लामा सीमा सडक निर्माण स्थलबाट दुई साताअघि बेपत्ता १९ मजदुर अझै फेला नपरेको भारतले जनाएको छ । सडक निर्माणमा खटिएका मजदुर दुई सातादेखि वेपत्ता भएका हुन् । चीनसँगको वास्तविक नियन्त्रण रेखा ९एलएसी० नजिकै पर्ने उक्त क्षेत्र राज्यको राजधानी इटानगरबाट ३ सय किलोमिटर टाढा पर्छ ।

कुमे नदीमा एक मजदुरको शव फेला परेको अपुष्ट विवरण सार्वजनिक भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । त्यसबारे सत्यता प्रमाणित गर्न टोलीहरू पठाइएको अधिकारीहरूले जनाएका छन् ।

ठेकेदारले दिएको उजुरीअनुसार आसामबाट गएका ती मजदुर जुलाई ५ मा दामिन सर्कलको सीमा सडक संगठन ९बीआरओ० को सडक निर्माण स्थलमा रहेको श्रम शिविरबाट बेपत्ता छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>