चितवन विशेष

चितवनमा अंग्रेजी लेखकहरुको समूह ‘भिउ’ चितवनले मनायो १२ औं वार्षिकोत्सव

Banner

चितवन, साउन २-

चितवनका अंग्रेजी लेखकहरुको संस्था (भिउ) चितवनको १२ औं वार्षिकोत्सव सम्पन्न भएको छ ।

भरतपुरको कविडाँडा मानिएको कैलाशनगरमा शिक्षाको उज्यालोको प्रतिकरुवरुप मैनबत्ती बालेर संस्थाको १२ औं वार्षिकोत्सव आइतबार मनाइएको हो ।
भिउ चितवनका अध्यक्ष डा केशव चालिसेको अध्यक्षतामा सम्पन्न अधिवेशनमा संस्थाका महासचिव चेतराज रेग्मीले संस्थाको प्रतिवेदन र आर्थिक प्रतिवेदन पेस गरेका थिए । संस्थाका संरक्षक साहित्यकार एलबी क्षेत्रीले भिउ चितवनले वर्षमा एउटा अंग्रेजी जर्नल निकाल्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘ चितवनमा अंग्रेजी भाषालाई शिक्षणमा र लेखनमा कसरी अगाडि बढाउने भनेर संस्थाको स्थापना भएको हो । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय तहमा चिनावनको लागि अनुवादलाई संस्थाले विशेष प्राथमिकतामा राखेको छ ।’

वर्षिकोत्सव कार्यक्रममा साहित्यकार तथा अंग्रेजी साहित्यका प्राध्यापक उदय अधिकारीले संस्थाले अंग्रेजीमा पढ्न र लेख्न चाहनेलाई राम्रो प्लेटफर्म सिर्जना गरेको बताए । उनले भने, ‘ संस्थाले यस वर्ष सौराहामा भएको दुई दिने राष्ट्रिय कार्यशाला सफलतापूर्वक सम्पन्न गरेको छ । यसले प्रत्येक वर्ष निरन्तरता पाउनेछ ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>