Breaking News

चितवनमा बालबालिकालाई कोरोनाविरुद्ध खोपको दोस्रो मात्रा लगाउन सुरु

Banner

मधुसूदन दवाडी

चितवन, साउन २

चितवनमा बालबालिकाहरुलाई कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा लगाउन सुरु भएको छ ।

आज कालिका नगरपालिकाका विभिन्न विद्यालयबाट दोस्रो मात्रा लगाउन सुरु गरिएको हो ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख रामकुमार केसीले पाँचदेखि १२ वर्षसम्मका बालबालिकालाई चितवनमा आजबाट साउन ८ गतेसम्म कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा लगाउन सुरु गरिएको नारायणी अनलाइलाई जानकारी दिए । उनले भने, ‘ आजबाट सुरु गरेका छौं । खोप आएपछि सबैतिर साउन आठ गतेसम्म लगाउने छौं ।’ उनले भरतपुरका केही विद्यालयहरुमा भ्याक्सिन कम भएकोले बालबालिकाहरु छुटेको बताए । चितवनमा जम्म यस उमेर समूहका झण्डै ८० हजार बालबालिका रहेका छन् । पहिलो डोज लगाएका बालबालिकाले दोस्रो डोज लगाउन २१ दिन कट्नुपर्ने हुन्छ । चितवनमा यसअघि असार ९ देखि १५ गतेसम्म पहिलो डोज लगाइएको थियो ।

चितवनसहित देशका २७ जिल्लाका पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोपको दोस्रो मात्रा आज लगाइँदै छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत असार ९ गतेदेखि १५ गतेसम्म खोप लगाएका बालबालिकालाई आजदेखि दोस्रो मात्रा लगाउन थालेको हो ।
ती जिल्लाका बालबालिकालाई खोप लगाउनका लागि विद्यालयमा नै खोप केन्द्र स्थापना गरिएको छ । उनीहरुलाई कोरोना भाइरसविरुद्धको ‘फाइजर बायोएनटेक’ खोप लगाउन थालेको हो । दोस्रो मात्रा लगाउनका लागि पहिलो मात्रा लगाएको खोप कार्ड बोकेर जान भनिएको छ । खोपको प्रभावकारिता ९१ प्रतिशत र सुरक्षित रहेकाले सबै बालबालिकालाई खोप लगाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>