देश/प्रदेश
क्याप्टेन रामेश्वर थापाको गाडीको ठक्करबाट ३ जना घाइते
०

काठमाडौँ, साउन २-
आज (सोमबार) बिहान क्याप्टेन रामेश्वर थापाको गाडीले ठक्कर दिदा तीन जना घाइते भएका छन् । थापाको प्रदेश ३–०१–०२२ च ४४३७ नम्बरको गाडीले प्रदेश ३–०२–००९ प १७८२ नम्बरको मोटरसाइकललाई राजधानीको चक्रपथस्थित भाटभटेनी नजिकै ठक्कर दिँदा ३ जना घाइते भएका हुन् । मोटरसाइकलमा सवार दुई जना र अर्का एक सडकमा हिँडेको बालक घाइते भएको हो ।
बालकको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरी भनाइ छ । त्यस्तै प्रहरीका अनुसार मोटरसाइकलमा सवार काभ्रेका विवेक अधिकारी र ओखलढुंगाका सुदिप खतिवडाको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।
हाल प्रहरीले ठक्कर दिने गाडीलाई नियन्त्रणमा लिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























