Breaking News

नेपालमा कोरोनाबाट आज एक जनाको मृत्यु, १३५ संक्रमित थपिए

Banner

काठमाडौं, साउन १-

कोभिड १९ संक्रमणका कारण आज एकजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या ११ हजार ९५३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १३५ जना कोभिड १९ संक्रमित थपिएका छन् । तीन हजार ४१ वटा नमुना परीक्षण गर्दा १३५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज ५९ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या एकहजार ४३९ पुगेको छ । आज ३२ हजार ५१५ जनाले कोभिड १९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>