चितवन विशेष

भरतपुरको पुरानो मेडिकल कलेजमा निःशुल्क मधुमेह स्क्रिनिङ क्लिनिक सञ्चालनमा

Banner

चितवन, साउन १-

भरतपुरको पुरानो मेडिकल कलेजले मधुमेह स्क्रिनिङ क्लिनिक सञ्चालनमा ल्याएको छ ।

मधुमेह (सुगर) का बिरामीहरुलाई सहज स्वास्थ्य सेवा दिनका लागि अस्पताल परिसरमा छुट्टै क्लिनिक सञ्चालनमा ल्याइएको हो ।

नेपालमा दिनहुँ मधुमेहीहरुको संख्या बृद्धि भइरहेको र मधुमेहका बिरामी अस्तपताल आउने क्रम बढेसँगै क्लिनिक सञ्चालनमा ल्याईएको अस्पतालले जनाएको छ । अस्पतालले मध्य नेपालमा पहिलो आफूहरुले मधुमेह स्क्रिनिङ क्लिनिक सञ्चालनमा ल्याएको दाबी गरेको छ । सुगरका रोगी तथा सम्भावित रोगीहरुले स्क्रिनिङ क्लिनिकमा समयमै निःशुल्क परीक्षण गरी स्वास्थ्यलाभ लिन सकुन् भन्ने उद्देश्यले क्लिनिक सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ ।

सम्झौता अनुसार उक्त क्लिनिकमा हप्ताको सातै दिन बिहान ६ देखि ८ बजेसम्म मधुमेह समाजमा आबद्ध तथा अन्य सम्पूर्ण मधुमेहका बिरामीहरुले निःशुल्क मधुमेह परीक्षण गर्न सक्ने छन् । यस्तै मधुमेहका सम्पूर्ण बिरामीहरुलाई मधुमेह स्वास्थ्य जाँच प्याकेजमा ५०प्रतिशत छुट अस्पतालले दिएको छ । यो सुबिधा एउटा बिरामीले हरेक तीन महिनामा एकपटक पाउने सम्झौतामा उल्लेख छ ।

समाजका पदाधिकारीहरुले अस्पतालका रेडियोलोजी र फार्मेसीबाहेकका अन्य सम्पूर्ण सेवामा २० प्रतिशत छुट पाउने जनाइएको छ । मधुमेह स्क्रिनिङ क्लिनिकमा फोनबाट अग्रिम नाम लेखाएर पनि सेवा लिन सकिने अस्पतालले जानकारी दिएको छ । मधुमेह समाजका अध्यक्ष एम प्रसाद शर्माले मधुमेहका बिरामीहरुका लागिछुट्ट निःशुल्क स्क्रिनिङ क्लिनिकमा सेवालिन पाइने र अन्य उपचारमा समेत छुटपाउनु खुसीको कुरा भएको बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>