चितवन विशेष

नारायणगढ रोटरी क्लबद्वारा आमा घरलाई पाँच लाख रुपैयाँ सहयोग

Banner

चितवन, साउन १-

नारायणगढ रोटरी क्लबले मनहरी मकवानपुरमा रहेको ‘आमा घर’को लागि पाँच लाख रुपैयाँ नगद सहयोग गरेको छ ।

क्लबले उक्त रकम आमा घरका संस्थापक ब्रह्मकुमार विजयराज सिग्देललाई हस्तान्तरण गरेको हो । क्लबका पूर्वअध्यक्ष अरुणकुमार पिया, उनकी धर्मपत्नी बन्दना पिया, भाइ समाजसेवी वरुण पिया र परिवारको तर्फबाट उक्त सहयोग रकम प्राप्त भएको हो ।

यसकासाथै आमा घरमा आश्रित बाआमाहरूका लागि नारायणगढ रोटरी क्लबका पूर्वअध्यक्ष तथा सदस्यहरूबाट संकलन गरिएको नगद ५१ हजार १०० रुपैयाँ र आवश्यक खाद्यान्न लगायत दैनिक उपभोग्य सामानहरू समेत सहयोग उपलब्ध गराइएको क्लबका पूर्वअध्यक्ष तथा कार्यक्रम संयोजक सहनलाल प्रधानले बताए ।

कार्यक्रममा रोटरी डिष्ट्रिक्ट ३२९२, जोन ३२ का एसिस्टेन्ट गभर्नर विपिन पोखरेल, क्लबका संस्थापक अध्यक्ष निरञ्जन प्रधानलगायतको उपस्थिति रहेको थियो । आमा घरका संस्थापक ब्रह्मकुमार विजयराज सिग्देलले कार्यक्रममा सम्पूर्ण रोटरियन तथा स्पाउजहरूलाई रुद्राक्षको माला र खादा लगाएर स्वागत गरेका थिए ।

सोही अवसरमा आमा घरमा शुद्ध खानेपानीको लागि वाइन टु वाटर नेपालको सहयोगमा तीनवटा सयर वाटर फिल्टर जडान गरिएको क्लबका अध्यक्ष नगेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए । क्लबका सर्भिस प्रोजेक्ट चेयर इन्जिनियर गुणेश्वर महतोले शुद्ध खानेपानीको लागि सयर फिल्टरको उपादेयताको बारेमा जानकारी गराएका थिए ।

यसैबीच नारायणगढ रोटरी क्लब र स्पाउज क्लब अफ आरसी नारायणगढको संयुक्त आयोजनामा आमा घरको कम्पाउण्डभित्र वृक्षरोपण कार्यक्रमसमेत सम्पन्न गरिएको स्पाउज क्लबका अध्यक्ष सम्झना प्रधानले जानाकारी गराए । जिल्ला वन कार्यालय भरतपुरबाट १०० थान बिरुवाहरू सौजन्य भएको र ७५ वटा बिरुवाहरू नारायणगढ रोटरी क्लबले खरिद गरी जम्मा १७५ वटा विभिन्न जातका बोटबिरुवाहरू रोपिएको वृक्षरोपण कार्यक्रमका संयोजक तथा पूर्वअध्यक्ष रोहितकुमार श्रेष्ठले बताए । क्लबका सचिव राजाराम सिटौलाले सञ्चालन गरेको उक्त कार्यक्रममा सहयोगदाता पूर्वअध्यक्ष अरुण पिया, जोन ३२ का एसिस्टेन्ट गभर्नर विपिन पोखरेल, संस्थापक अध्यक्ष निरञ्जन प्रधान, पूर्वअध्यक्ष्क्ष सहनलाल प्रधान, आमा घरका संस्थापक ब्रह्मकुमार विजयराज सिग्देललगायतले बोलेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>