घटना -दुर्घटना

दुर्घटनामा एकको मृत्यु

Banner

दमौली, असार ३२ –

तनहुँको व्यास नगरपालिका–११ शेरामा स्कुल बस र मोटरसाइकल ठक्कर खाँदा आज एक जनाको मृत्यु भएको छ ।

सोही वडामा रहेको माया युनिभर्स एकेडेमी स्कुलको बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार युवाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सोही वडाको बेल्टारी बस्ने २३ वर्षीय विक्रम सुनार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक २२ वर्षीय सुजन सुनार घाइते भएको प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा घाइतेको दमौलीस्थित अस्पतालमा उपचार भइरहेको छ ।

घाँसीकुवाबाट फराकचौरतर्फ जाँदै गरेको ग१क २६८३ नंको बस र विपरीत दिशाबाट आउँदै गरेको ग१५प ६५०४ नंको मोटरसाइकल एकापसमा ठोक्किएको थियो । (रासस)

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>