चितवन विशेष

भरतपुरमा विद्युत् पटकपटक अवरुद्ध, औषधि व्यवसाय प्रभावित

Banner

प्रतिमा कुमाल

चितवन, असार ३२ –

चितवनको अत्याधिक गर्मीमा विद्युत् पटकपटक अवरुद्ध हुँदा स्वास्थ्य क्षेत्र समस्यामा परेको छ ।

भरतपुर नागरिक उड्यान कार्यालयले दिएको जानकारी अनुसार शुक्रबारको तापक्रम यस वर्षकै सबैभन्दा धेरै ३८ डिग्री सेल्सियस पुगेको थियो आज पनि त्यत्तिकै गर्मी छ । चितवनमा अधिकतम ४० डिग्री सेल्सियस सम्म तापक्रम पुग्ने गरेको छ । गर्मी बढ्दै जानु र पटकपटक विद्युत् अवरुद्ध हुदा बढी असर औषधि व्यवसायलाई परेको छ ।

चितवनलाई मेडिकल हबको रुपमा विकास गरिने यहाँका व्यवसायी र बासिन्दाले सुन्दै आएको हो । तर, घण्टांै विद्युत् अवरुद्ध हुँदा चिस्यानमा राखिने भ्याक्सिन तथ ग्लुकोज जस्ता औषधिहरु जोगाउन फार्मेसीहरुलाई सकस पर्ने गरेको छ । नारायणगढ लाइन्सचोकमा रहेको दिक्षिका फर्माका दिनेश पौडेलले लोडसेडिङ्नै भए तालिका अनुसार जानुपर्ने बताए । तालिका बिना विद्युत् आउने जाने गर्दा फ्रिजमा राखिएका औषधिहरु असर परेको उनको भनाइ छ । कति लामो समय विद्युत् जाने सूचना भए वैकल्पिक स्रोतसाधनको प्रयोगमा ध्यान जाने बताए ।

व्यवसायी पशुपति थपलियाले विद्युत् अवरुद्ध हुनेको कारण जनतालाई अवगत गराउनुपर्ने बताएका छन् । अवरुद्धले पारेको असर र नोक्सानको विचार विद्युत् प्राधिकरणले गर्नुपर्नेमा जोड दिए ।  थपलियाले कार्यालय समय तथा काम गर्ने अवधिमा लाइन नहुदा ढिलासुस्ती हुने गरेको बताए । समय परिवर्तनसँगै सबै काम नेट, इन्टरनेटको माध्यमबाट हुने हुदा सास्तीभएको बताए । विद्युत्अवरुद्धको समस्या चाडै निराकरण हुने आशा भने थपलियाले गरे ।

कमल मेडिकल हल नारायणगढका विक्रम बस्नेतले मेडिकलहरु भएको क्षेत्रलाई चासोको रुपमा हेर्न आवश्यक रहेको बताएका छन् । ‘मेडिकल, अस्पतालको सेवा दिन विद्युत् बिना सम्भव छैन । औषधि राख्न देखि, बिरामीको उपचारमा यसको आवश्यकता छ’, उनले भने अरु व्यवसायलाई भन्दा मेडिकललाई बढी प्राथमिकतामा राखियोस् । विद्युत् अवरुद्ध हुनु हुँदैन ।’ यहाँको स्वाथ्य क्षेत्रलाई मात्र नभई होटल, रेष्टुरेन्ट, उत्पादनशिल उद्योग, बैँक, इन्टरनेट व्यवसायीलगायतमा असर परेको छ । टन्टलापूर्ण घामको राप र लाइनको अवरोधले व्यवसायीदेखि सर्वसाधारण सबैलाई आक्रोशित बनाएको छ ।

यता लाइनको समस्या भोगेका पर्वत सुवेदीलाई नियतबस अबररुद्ध भएको होकी भन्ने आशंका समेत लागेको छ । यातायात विभागमा कर बुझाउन आएका चनौलीका सुवेदीलेभने,‘कहिलेकाही प्राविधिक गडबढी पनि लाग्छ,कहिले काही नियत बस काटिएको होकी भन्ने लाग्छ ।’
भरतपुर वितरण केन्द्रका प्रमुख राजिव सिंहले चनौली सबस्टेसन ओभर लोड भएकाले विद्युत् अवरोध भएको बताए । वैकल्पिक मार्गको काम भइरहेकाले अब चाडै यहाँको समस्या समाधान हुने उनको दाबी छ । विद्युत् अवरोधका कारण सेवाग्राहीको असन्तुष्टीको सिकार पनि भएको बताए । उनले भने, ‘काम भइरहेको छ । कामको बेला बत्ती छाडे मान्छेको ज्यान जान्छ । काम पनि गर्नु छ,अब गालिनी खाइराको छु ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>