चितवन विशेष

बिदा भए भरतपुर महानगरका ४६ जना महिला स्वास्थ्य स्वयंसेविका

Banner

चितवन, असार ३२-

भतरपुर महानगरपालिकामा काम गर्ने ४६ जना महिला सामुदायिक स्वास्थ्य स्वमंसेविकालाई बिदाइ गरिएको छ ।

आज भरतपुर महानगरपालिका सभाहलमा ६० वर्ष उमेर पुगेका र १० वर्ष काम गरिसकेका अवकास पाएका महिला स्वमंसेविकालाई विदाई गरिएको हो ।
भरतपुर महानगरपालिका, स्वास्थ्य कार्यालय चितवन र स्वास्थ्य मन्त्रालय वागमती प्रदेशको संयुक्त आयोजनामा सेवा निवृत्त भएका स्वम्सेविकाहरुलाई बिदाइ गरिएको छ । गत वर्षदेखि महानगरले महिला स्वमसेविका कार्यको सम्मान गर्दै बिदाई गर्दा ५० हजार रुपैयाँका दरले नगद दिने व्यवस्था मिलाएको छ ।

त्यस्तै प्रदेश सरकारले पनि बिदाई गर्दा २० हजार दिने गरेको छ । बिदाई कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सामुदायिक स्वास्थ्य स्वमसेविकाको कार्यको मुक्तकण्डले प्रशंसा गरिन् । जनचेतना फैल्याउने कार्य स्वास्थ्य स्वम्सेविकाले गरेको कार्यले धेरैले नयाँ जीवन पाएको मेयर दाहालको भनाइ थियो । यो रकम दिनुको उदेश्य यहाँहरुले गर्नु भएको सेवाको उच्च कदर गरेर दिएको सहयोग गरेको उनले स्पष्ट पारिन् । महानगरपालिकाले स्वमसेविकाको लागि अध्ययन भ्रमण, चाडवार्ड खर्च र यातायात खर्च भनेर रकम विनियोजन पनि गर्दै आएको मेयर दाहालले जानकारी दिइन् । अवकास पाएका स्वास्थ्य स्वम्सेविकालाई अझै पनि समुदायमा हुँदै आएको कार्य र सेवा भावलाई निरन्तरता दिन आग्रह गरिन् ।

कार्यक्रममा महानगरका उपप्रमुख चित्रसेन अधिकारीले स्थानीयस्तरमा स्वास्थ्य क्षेत्रको विकासमा स्वास्थ्य स्वमसेविकाहरुको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे । महिला स्वम्सेविकाहरुलाई बाल स्वास्थ्य, मातृस्वास्थ्यतर्फ समुदायस्तरमा काम गर्दै जनचेतना फैलाउने काम गर्दै आइरहेका छन् ।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>