चितवन विशेष

पत्रकार आक्रमणमा संलग्नलाई कारबाही गर्न पत्रकार महासंघ वाग्मती प्रदेशको माग

Banner

चितवन, असार ३२-

चितवनका पत्रकार कृष्ण आचार्यमाथि आक्रमणमा संलग्न विद्युत् प्राधिकरणका कर्मचारीलाई कारबाही गर्न पत्रकार महासंघ वाग्मती प्रदेशले माग गरेको छ ।

पत्रकार महासंघ वाग्मती प्रदेशका महासचिव कृष्ण सारु मगरद्वारा हस्ताक्षरित विज्ञप्तिमा नेपाल पत्रकार महासंघ चितवन शाखाका सदस्य कृष्ण आचार्यमाथि असार ३१ गते नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका कर्मचारीहरुद्वारा भएको सांघातिक आक्रमणको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘कार्यालयको मूल गेट बन्द गरेर पत्रकार आचार्यलाई नियन्त्रणमा लिई उहाँको मोबाइलसमेत कब्जामा लिएर लछारपछार एवम् कुटपिट गरिएको घटनाको प्रदेश समिति घोर भत्र्सना गर्दछ । कार्यालयभित्र कर्मचारीहरुले मदिरा सेवन गरी होहल्ला गरेको भन्ने सूचनाका आधारमा समाचार संकलनका लागि पुगेका पत्रकार आचार्यमाथि दुव्र्यवहार र सांघातिक आक्रमण गर्ने कर्मचारीलाई कानुनी कारबाहीको दायरामा ल्याउन स्थानीय प्रशासन समक्ष जोडदार माग गर्दछौं ।’

विज्ञप्तिमा स्वतन्त्ररुपमा पत्रकारिता गर्न पाउने वातावरण निर्माणको लागि पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्न सम्बन्धित सबैमा ध्यानाकर्षण गराइएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>