चितवन विशेष

पत्रकार कुटपिटमा संलग्न विद्युत् प्राधिकरण भरतपुरका कर्मचारीलाई कारबाही गर्न प्रेस युनियन र प्रेस सेन्टरको माग

Banner

चितवन, असार ३२-

चितवनमा पत्रकार कृष्ण आचार्यमाथि कुटपिटमा संलग्न विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका कर्मचारीलाई कारबाही गर्न प्रेस युनियन र प्रेस सेन्टरले माग गरेका छन् ।

प्रेस युनियन र प्रेस सेन्टर चितवनले प्रेषित गरेका छुट्टाछुट्टै प्रेस विज्ञप्तिमा असार ३१ गते बेलुका विद्युत् प्राधिकरण भरतपुर केन्द्रमा कर्मचारीहरु मदिरासहित भोजभतेर गरेको भन्ने सूचना पाएपछि समाचार संकलनका लागि पुगेका आचार्यमाथि कुटपिट र लछारपछार भएको घटनाले गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । विज्ञप्तिमा कार्यालयको मुल गेट बन्द गरेर पत्रकार आचार्यलाई कुटपिट गर्नुको साथै कपडा च्यातेर मोबाइलसमेत नियन्त्रणमा लिएको घटना खेदजनक र निन्दनीय भएको जनाइएको छ । विज्ञप्तिमा घटनालाई स्वतन्त्र प्रेसमाथिको ठाडो हस्तक्षेप भन्दै घटनामा संलग्नलाई तत्काल कारबाहीको माग गरिएको छ । दुई संगठनले विज्ञप्तिमा प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न, पत्रकारलाई स्वतन्त्र र निर्वाध काम गर्ने वातावरण बनाउन तथा यस्ता घटना नदोहो¥याउन सम्बन्धित निकायसँग माग गरिएको छ ।

त्यसैगरी घटनाको बारेमा दलित पत्रकार संघ चितवन र पश्चिम चितवन पत्रकार मञ्चले पनि विरोध गरेका छन् । संघ र मञ्चले छुट्टाछुट्टै विज्ञप्ति प्रेषित गर्दै घटनामा संलग्नहरुलाई कानुनी दायरमा ल्याउन माग गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>