चितवन विशेष

भरतपुरको नवजागृति वनबाट सालको गोलियासहित बरामद गाडी वन कार्यालयको जिम्मामा

Banner

चितवन, असार ३२-

चितवन प्रहरीले भरतपुरको नवजागृति वनबाट बरामद गरेको सालको गोलियासहितको बोलेरो गाडी डिभिजन वन कार्यालयको जिम्मा लगाइएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी गस्ति टोलीले भरतपुर महानगरपालिका–११ स्थित नवजागृति सामुदायिक वनमा अवैध रुपमा लोड गरी राखिएको ६७.६५ क्युफिट सालको गोलियासहित ना ४ च ४४१२ नम्बरको बोलेरोलाई नियन्त्रणमा लिएको थियो । आवश्यक कारबाहीको लागि  काठ र गाडीलाई वन कार्यालय पठाइएको चितवन प्रहरीले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>