Breaking News

पत्रकार महासंघले भन्योः पत्रकार आचार्यमाथिको आक्रमण प्रेस स्वतन्त्रतामाथिको आक्रमण

Banner

चितवन, असार ३२-

पत्रकार महासंघ केन्द्रीय समितिले विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका कर्मचारीले पत्रकार कृष्ण आचार्यमाथि गरेको आक्रमण प्रेस स्वतन्त्रतामाथिको आक्रमण भएको जनाएको छ ।

महासंघका महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा नेपाल पत्रकार महासंघ चितवन शाखाका सदस्य कृष्ण आचार्यमाथि समाचार संकलनका क्रममा विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका कर्मचारीहरूबाट गरिएको सांघातिक आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

विज्ञप्तिमा असार ३१ गते शुक्रबार प्राधिकरणको उक्त कार्यालयमा भोज चलिरहेको सूचनाको आधारमा समाचार संकलनका लागि त्यहाँ पुगेका पत्रकार आचार्यलाई फोटो खिचेर फर्किने क्रममा मदिरा सेवन गरी होहल्ला गरिरहेका कर्मचारीहरूले कार्यालयको मूलगेट बन्द गरेर लछारपछार गर्दै हातापात गर्नुका साथै मोबाइलसमेत खोसेको जनाइएको छ । स्वतन्त्रतापूर्वक पेशागत कर्ममा जुटेका पत्रकारमाथि प्राधिकरणका कर्मचारीबाट भएको यो हर्कत अत्यन्त निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको आक्रमण भएको विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा भनिएको छ , ‘महासंघ प्रेस स्वतन्त्रताविरोधी यस कार्यमा संलग्न व्यक्तिहरूमाथि तत्काल कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाएर पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन र प्रेसको संवैधानिक अधिकार, स्वतन्त्रता र सुरक्षाको विषयलाई गम्भीर रूपमा लिन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछ ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>