चितवन विशेष

विद्युत् प्राधिकरण भरतपुरका प्रमुख सिंहलाई कारबाही गर्न प्रेस चौतारीको माग

Banner

चितवन, असार ३२-

प्रेस चौतारी नेपाल चितवन शाखाले विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजिब सिंहलाई विभागीय कारबाहीको माग गरेको छ ।

प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितद्वारा हस्ताक्षरित विज्ञप्तिमा सरकारी कार्यालयभित्र मदिरासहित भोजभतेर गरेको सूचनाका आधारमा समाचार संकलनका लागि पुगेका पत्रकार कृष्ण आचार्यमाथि सिंहको निर्देशनमा मदिराले मातेका कर्मचारीहरुले आक्रमण भएकाले विभागीय कारबाहीको माग गरिएको हो ।

विज्ञप्तिमा विद्युत्का कर्मचारीले आचार्यलाई नियन्त्रणमा लिएर कुटपिट गर्नुका साथै लुगा च्यातेर अर्धनग्न बनाएर मोबाइल खोसेको जनाइएको छ । कर्मचारीको कुटपिटबाट ज्यान जोगाउन भाग्दै गर्दा प्रमुख सिंहको आदेशमा गेट बन्द गरेपछि आचार्य पर्खाल नाघेर नजिकैको चितवन पोष्टको कार्यालयमा गएर ज्यान जोगाएको विज्ञप्तिमा उल्लेख छ । प्रेस चौतारी नेपालले दिनभर भरतपुरमा मर्मतको नाममा लोडसेडिङ गरेर कार्यालयमा मदिरासहित भोजभतेर गर्ने र पत्रकारलाई कुटपिट गर्ने कर्मचारीलाई तत्काल प्रक्राउ गरी हदैसम्मको कारबाही गर्न माग गरेको छ । विज्ञप्तिमा भनिएको छ , ‘ पत्रकारमाथि कुटपिटको निर्देशन दिने, कुटपिटमा संलग्न कर्मचारी जोगाउने, चितवनबासी जनतालाई दिनहुँ लोडसेडिङमा राख्ने विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजीब सिंहलाई विभागीय कारबाहीको जोडदार माग गर्दछौं ।’ आउँदा दिनमा संविधान प्रदत्त प्रेस स्वतन्त्रताको हकबाट बञ्चित नगर्न र नगराउन सम्बन्धित पक्षको ध्यानाकर्षण पनि गराएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>