देश/प्रदेश

नवदम्पतीद्धारा वैवाहिक खर्च कटौती गरेर विपन्न विद्यार्थीलाई सहयोग

Banner

अर्घाखाँची, असार ३१-

अर्घाखाँचीमा एक नवविवाहित दम्पतीले वैवाहिक खर्च कटौती गरी विकट क्षेत्रका गरिब विद्यार्थीहरूलाई सहयोग घोषणा गरेका छन् । शुक्रबार अदालती विवाहबाट एक भएका नवदम्पती गणेश बेल्वासे र सुमित्रा भण्डारीले शीतगंगा नगरपालिका वडा नं ८,९,१० का विपन्न विद्यार्थीहरूलाई सहयोग गर्ने घोषणा गरेका छन् ।

एसईई उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि सिद्दारामा रहेको जनजागृति माध्यमिक विद्यालयमा ५० हजार र अन्य विद्यालयमा आवश्यकता हेरी ५० हजार गरी एक लाखको अक्षयकोष घोषणा गरेका हुन् ।

लामो समयदेखि शिक्षण पेसामा रहेका नवदम्पतीले पिछडिएका बालबालिका आर्थिक अभावमा पढाइ छोड्नुपर्ने अवस्था अन्त्यका लागि केही टेवा पुगोस् भन्ने मनसायका साथ अनावश्यक खर्च कटौती गरी सहयोग गरेको बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>