विजनेश

आज अमेरिकी डलरसँग नेपाली रुपैयाँ इतिहासकै कमजोर

Banner

काठमाडौं,असार ३१-

अमेरिकी डलरसँग नेपाली मुद्रा इतिहासकै कमजोर भएको छ । पछिल्लो समय विश्वभर डलरको भाउ बढ्दै जाँदा नेपाली रुपैयाँ कमजोर बन्ने क्रम बढिरहेको छ । नेपाल राष्ट्र बैंकले आजको लागि १ अमेरिकी डलरको खरिद मूल्य १ सय २७ रुपैयाँ ५१ पैसा र बिक्री मूल्य १ सय २८ रुपैयाँ ११ पैसा तोकेको छ ।

नेपालमा डलरको भाउ यति धेरै पुगेको पहिलो पटक हो । पछिल्लो एक वर्षमा डलरसँग नेपाली मुद्रा ७ प्रतिशतले कमजोर बनेको छ । विश्वभर अमेरिकी डलरको माग बढ्दै जानु, युरो कमजोर हुनु, रुस–युक्रेन युद्ध लगायतका कारण डलरको भाउ बढिरहेको छ । तर नेपाली बजारमा युरो भने कमजोर बनेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>