देश/प्रदेश

काठमाडौंमा चितुवाको आक्रमणमा एकै परिवारका पाँचजना घाइते

Banner

काठमाडौं,असार ३०-

काठमाडौंमा चितुवाले आक्रमण गर्दा पाँचजना घाइते भएका छन् । बुधबार राति साढे १ बजे नागार्जुन नगरपालिका–८ भीमढुङ्गास्थित एक घरमा पसेर चितुवाले आक्रमण गर्दा एकै परिवारका पाँचजना घाइते भएका हुन् ।

घरमा आएको चितुवा धपाउने क्रममा चितुवाले आक्रमण गर्दा पञ्चकुमार भट्टराईसहित उनको परिवारका पाँचजना घाइते भएको काठमाडौं प्रहरी प्रमुख एसएसपी भरत बोहराले जानकारी दिए । घाइतेहरूको मनमोहन अस्पतालमा उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको बोहराले जानकारी दिए ।

काठमाडौंमा हरेक वर्ष बाक्लो बस्तिमा पसेर चितुवाले मान्छेमाथि आक्रमण गर्ने गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>