बजार

विश्व बैंकबाट नेपालले लियो १० अर्ब ऋण

Banner

काठमाडौं,असार ३०-

विश्व बैंकले खानेपानी तथा सरसफाइ सेवा सुधारका लागि ८ करोड अमेरिकी डलर (करिब १० अर्ब नेपाली रूपैयाँ) बराबर ऋण सहयोग गरेको छ । खानेपानी र सरसफाइ सेवाको वितरणमा सुधार गर्न तथा एकीकृत जलस्रोत व्यवस्थापनको प्रवर्द्धनमा मद्दत गर्न विश्व बैंक र नेपाल सरकार बीच बुधबार सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र मल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले हस्ताक्षर गरे ।

नेपालको संविधानमा उल्लेखित संघीयताका सिद्धान्त अनुरूप दीगो र समावेशी वृद्धि हासिल गर्ने उद्देश्य अनुसार आयोजनाले अति आवश्यक खानेपानी आपूर्ति र सरसफाइ सेवाहरू उपलब्ध गराउने मन्त्रालयका सचिव मरासिनीले बताए । उनले अति जोखिममा परेका समुदायलाई पानी क्षेत्रको राम्रो समन्वय सुनिश्चित गर्न र उच्च पानीको गुणस्तर र सेवाको स्तरलाई प्रवर्द्धन गर्न मद्दत गर्ने समेत बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>