Breaking News

भरतपुर अस्पतालले भन्यो: चितवनमा कोरोना संक्रमण बढ्यो, स्वास्थ्य मापदण्डमा ख्याल गरौं

Banner

चितवन, असार २९-

भरतपुर अस्पतालले चितवनमा कोरोना संक्रमण बढ्न थालेकोले सतर्क रहन अपिल गरेको छ ।

अस्पतालले आज एक सूचना जारी गर्दै चितवनमा कोरोना पोजेटिभ देखिने र अस्पताल भर्नाको क्रम बढ्न थालेकोले सर्तक रहन अपिल गरेको हो । सूचनामा जनस्वास्थ्यका मापदण्डहरु पालनामा ध्यान दिन अपिल गरिएको छ । अस्पतालले भनेको छ, ‘ सही तरिकाले मास्क लगाउने, बारम्बार साबुन पानीले हात धुने, भीडभाड नगरी दुई मिटर भौतिक दूरी कायम गर्नुपर्छ ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>