चितवन विशेष

अखिल क्रान्तिकारीले भन्यो: चितवनका बोर्डिङ स्कुलमा शुल्क बढाउने प्रस्ताव मान्दैनौ

Banner

चितवन, असार २९-

माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी चितवनले बोर्डिङ स्कुलहरुले शुल्क बढाउन राखेको प्रस्ताव स्वीकार्न नसक्ने जनाएको छ ।

क्रान्तिकारीका चितवन जिल्ला संयोजक अविनाश रम्तेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा निजी शैक्षिक संस्थाहरुले स्थानीय तहमा ४० प्रतिशत शुल्क बढाउने प्रस्तावप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको भन्दै विरोध गरिएको हो ।

विज्ञप्तिमा मूल्यवृद्धिको नामा विद्यार्थीको शैक्षिक गतिविधिमा असर पर्ने गरी शूल्क बढाउने कदम अखिल क्रान्तिकारीलाई कुनै पनि हालतमा मान्य नहुने उल्लेख गरिएको छ । शुल्क वृद्धिको प्रस्ताव तुरुन्त फिर्ता लिन माग गर्दै विज्ञप्तिमा एक्कासी शुल्क वृद्धि भए आन्दोलनमा उत्रने चितावनी पनि दिइएको छ । १० प्रतिशत छात्रवृत्ति कार्यान्वयनको विषयमा निजी शिक्षण संस्थाहरु पछि हटिरहेको विज्ञप्तिमा आरोप लगाइएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>