Breaking News

सांसद् पोखरेलले भनेः अर्थमन्त्रालयको असक्षमता लुकाउन सत्ता पक्षले गभर्नरको विषय उठायो

Banner

चितवन, असार २९-

चितवनबाट निर्वाचित नेकपा (एमाले)का सांसद कृष्णभक्त पोखरेलले गभर्नर महाप्रसाद अधिकारी नेकपा (एमाले)को अर्थ तथा योजना विभागमा रहेको भन्ने सत्तापक्षका सांसदको भनाइ अर्थ मन्त्रालयको असक्षमता लुकाउनका लागि आएको आरोप लगाएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा गभर्नरले आफैँले कुनै पार्टीमा नरहेको भनेर वक्तव्य दिइसकेपछि त्यो छलफलको विषय समेत नभएको उनले बताए ।
‘एम अधिकारी भनेको व्यक्ति एमालेको अर्थ विभागमा रहेको र उहाँ राष्ट्र बैंकको गभर्नर हो भनी सत्तापक्षको सांसदले अर्थ मन्त्रालयको असक्षमता लुकाउनका लागि विषयान्तर गरी मनोगत भावना राखिरहेको देख्दा आफैँलाई दयाभाव जागिरहेको छ’ उनले भने, ‘स्वयं महाप्रसादजीले म कुनै पार्टीमा छैन भनेर वक्तव्य दिइसकेको विषय संसद्मा प्रश्न उठाउन मिल्ने विषय पनि होइन ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>