अन्तर्राष्ट्रिय

विपद् क्षेत्रको निरीक्षण गर्न जापानले विकास गर्‍यो सर्पको आकारको रोबोट

Banner

टोकियो, असार २९ –

जापानका अन्वेषकहरूले एक उन्नत सर्पको आकारको रोबोट विकास गरेका छन्  ।जसले सिढी चढ्न र ड्रेनपाइपुमा आफ्नो बाटो घुमाउन सक्नेछ । यस्ता उपकरणहरू चाँडै नै प्रकोप प्रभावित क्षेत्रहरूमा दुर्गम स्थानहरूको सर्वेक्षणमा प्रयोग हुने विश्वास गरिएको छ ।

२.५ मिटर लामो र ६ केजी तौल भएको यो नयाँ रोबोट भत्किएका भवनहरूको निरीक्षणका लागि प्रयोग गर्न सकिने क्योटो विश्वविद्यालयका रोबोटिक्स प्राध्यापक फुमितोसी मात्सुनोले बताए ।

उनको टोलीले दुईदेखि तीन वर्षभित्र यन्त्रलाई व्यावहारिक प्रयोगमा ल्याउने लक्ष्य राखेको निक्केई जापानले जनाएको छ । प्याटेन्ट प्रविधिको उक्त रोबोटलाई यूकेएइएको रेस (रिमोट एप्लिकेसन इन च्यालेन्जिङ इनभाइरनोमेन्ट्स) ले विकसित गरेको हो । यो सात वर्षीय परियोजना हो ।

यन्त्र आफ्नो आकार परिवर्तन गरेर सिढी चढ्न र तल झर्न सक्छ । यन्त्रलाई एक अपरेटरद्वारा टाढाबाट नियन्त्रण गरिन्छ, जसले टुप्पोमा जडान गरिएको क्यामेराबाट तस्बीर हेर्न सक्छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>