गण्डकी

बाँडेर खान होइन,देशका लागि योगदान पुर्‍याएकाको नाममा बजेट दिएको हुँः मुख्यमन्त्री नेपाली

Banner

पोखरा, असार २८-

गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बाँडेर खान कोष र पार्कमा बजेट विनियोजन नगरेको बताएका छन्। देशका लागि योगदान पुर्‍याएका व्यक्तिका नाममा संघीय सरकारले विगतमा पनि बजेट विनियोजन गर्ने गरेको भन्दै ती व्यक्तिहरूको नाम अमर बनाउन चाहेको बताएका छन्।

पुष्पलालजी, गणेशमानजी पदमा जानु भएन। त्यस्ता व्यक्तिलाई सम्मान गर्नुपर्छ,उनले भने, उहाँहरूका नामका प्रतिष्ठानलाई सरकारले करोडौं रूपैयाँ दिएको छ। ती व्यक्तिको नाम भविष्यमा अमर रहोस् भनेर। देशमा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउँदा हजारौं व्यक्तिले शहादत पाएको भन्दै उनले उनीहरूको सम्मान गर्नुपर्ने बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>