अर्थ
आयकर बुझाउन विभागको ताकेता
०

काठमाडौँ, असार २८ –
आन्तरिक राजश्व विभागले आयकरको तेस्रो किस्ताबापतको कर तथा विवरण बुझाउन ताकेता गरेको छ ।
विभागले आज एक सूचना जारी गर्दै चालु आर्थिक वर्ष २०७८र७९ को आयकरको अनुमानित कर र सोको विवरणको तेस्रो किस्ता वा शतप्रतिशत रकममध्ये तिर्न बाँकी कर असार मसान्तभित्र बुझाउन ताकेता गरेको हो ।
विभागले आयकर ऐन, २०५८ को दफा ९४ को उपदफा ९१० बमोजिम आय वर्ष २०७८ र ७९ को आयकरको किस्ता रकम असार मसान्तभित्रै ठूला करदाता कार्यालय वा मध्यमस्तरीय करदाता कार्यालय वा सम्बन्धित राजस्वरकरदाता सेवा कार्यालयमा दाखिला गर्न आग्रह गरेको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























