चितवन विशेष

दुई अनेरास्ववियु क्रान्तिकारीद्वारा चितवनका बोर्डिङको शुल्क वृद्धि प्रस्तावको विरोध

Banner

चितवन, असार २८-
विप्लव र मोहन वैद्य निकट विद्यार्थी संगठनले प्याब्सन चितवनले बोर्डिङ स्कुलहरुमा गर्न लागेको शुल्क वृद्धि प्रस्तावको विरोध गरेका छन् ।

शुल्क वृद्धिले अभिभावक र विद्यार्थीलाई झन् झन् आहात तुल्याएको भन्दै सो प्रस्ताव ७२ घण्टाभित्र खारेज गर्न माग गरेको हो ।

वैद्य निकट अखिल क्रान्तिकारीका संयोजक विकास रसाइलीद्वारा हस्ताक्षरित विज्ञप्तिमा २०७२ सालको संविधानमा आधारभूत शिक्षा अनिवार्य र निःशुल्क भनिए पनि राज्य सञ्चालकहरुले शिक्षामा निजीकरण ,व्यापारीकरण र माफियाकरण गर्दै आइरहेको उल्लेख गरिएको छ ।

त्यसैगरी विप्लव निकट अर्काे विद्यार्थी संगठन अखिल क्रान्तिकारीका इन्चार्ज सुदिप पौडेलले हस्ताक्षर गरेको विज्ञप्तिमा प्याब्सन चितवनले ४० प्रतिशत शुल्क वृद्धि गरेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । विज्ञप्तिमा मूल्य वृद्धिको घोर भत्सर्ना गर्दै शिक्षासम्बन्धी मौलिक हकको अधिकारलाई नै प्रभावित तुल्याउने, अवैज्ञानिक र अव्यवहारिक ढंगले गरेको शुल्क वृद्धि ७२ घण्टाभित्र खारेज गर्न माग गरिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>