Breaking News

भरतपुर अस्पतालको ओपीडी सेवा लिन बिरामीको भीड,व्यवस्थापन फितलो हुँदा विरामी मारमा

Banner

पूजा ढकाल,

भरतपुर,असार २८-

भरतपुर अस्पतालमा ओपीडी सेवा लिन आउने बिरामीको घुँइचो बढेको छ । सार्वजनिक बिदाका कारण अस्पतालको सेवा दुई दिन बन्द हुँदा सोमबार अस्पतालको ओपीडीमा आउने बिरामी बढेका हुन् ।

अस्पतालको ओपीडी सेवामा मानिसको घुइँचो बढे पनि लाइनको व्यवस्थापनमा अस्पताल चुकेको छ । अस्पतालमा बिरामीहरुको राम्रो व्यवस्थापन नहुँदा बिरामी मारमा परेका छन् । विशेषतः ज्येष्ठ नागरिकहरुलाई समस्या हुने गरेको छ । अस्पतालले ज्येष्ठ नागरिक तथा युवाको लागि छुट्टै लाइनको व्यवस्थापन गरेको छ । तर, छुट्टै लाइनको व्यवस्था भएपनि बीचबीचमा मान्छे घुस्ने तथा आफ्ना मान्छेको काम भीत्रबाट गर्दा बिरामी मारमा परेको हुन् ।

जसको कारण समय समयमा पालो मिचेको भन्दै सेवाग्रहीहरुबीच झगडा पनि हुने गर्छ । त्यस्तै एक जानले मात्रै नभएर सबैले यसको व्यवस्थापन गर्न आवाज उठाउनुपर्ने सेवाग्रहीकोे भनाइ छ । भरतपुर अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले सरकारले अत्यधिक मात्रामा बिमाको कार्ड बाँढ्दा समेत सरकारी अस्पतालको सेवा प्रभावित भएको बताउनुभयो । त्यस्तै बिमाको कार्ड बाँढे अनुसार सरकारले कर्मचारी भने थपेको छैन ।

जसको कारण अस्पतालमा भीडभाड भएको छ । पौडेलकाअनुसार हाल अस्पतालमा कालजारका बिरामी केही मात्रामा आएका छन् । तर कोरोना र अन्य रोगका बिरामी भने छैनन् । भरतपुर माहानगरपालिका–२५ की योगमाया भण्डारीका अनुसार सरकारका कारण यहाँ मानिसले धैरै सुख पाएका छन् जसको कारण उपचारको लागि अस्पताल आउँदा पनि लाइन बसेर बिरामीले पसिना बगाउन पर्छ । उहाँले भन्नुभयो, “म औषधि प्रमाणित गर्न आएर लाइनमा बसेको पनि तीन घण्टा भन्दा बढी भइसक्यो, र अस्पतालले यो औषधि यो मान्छेले खाएको हो भनेर प्रमाणित गर्न छाप हान्ने गर्छ त्यो छाप लगाउन म लाइनमा छु ।”

त्यस्तै अस्पतालले बिमाबाहक र बिमा नहुनेको टिकट काट्ने ठाउँको राम्रो व्यवस्थापन नभएको कारण जनताले दुख पाएको उहाँको भनाइ छ । पछिल्लो समय रक्तचापका कारण कयौँ व्यक्तिले ज्यान गुमाएका छन् । जसको कारण मान्छेको जीवनमा रक्तचाप परीक्षण गर्नु अति आवश्यक हुने गर्छ ।

त्यस्तै अस्पतालमा पैसा तिर्न, टिकट काट्न तथा परीक्षण गर्न पनि लाइन बस्नु पर्छ । यो व्यवस्थापन गर्न अन्य निकायले नभएर अस्पतालले नै पहल गर्नु पर्ने र कर्मचारी खटाउनुपर्ने उहाँको धारणा छ । अस्पतालमा उपचारको लागि आउनुभएकी बिन्दु परियार भन्नुहुन्छ, “हाल अस्पतालले टिकट अनलाइनबाट पनि काट्नसक्ने जानकारी म जस्तो पढेलेखेकोले त बल्ल थाहा पाएको छु भने अन्यले कसरी थाहा पाउँछन् ?”

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>