Breaking News

चितवन प्रशासनमा विदेश जान राहदानी बनाउन धाउनेको लर्काे

Banner

प्रतिमा कुमाल

चितवन, असार २६–

चितवनबाट विदेश जान राहदानी बनाउनेहरुको दैनिकजसो जिल्ला प्रशासन कार्यालयमा भीड लाग्ने गरेको छ ।

कोही पढ्न त कोही देशमा काम गर्ने वातावरण नभएको भन्दै विदेशिने गरेका छन । यति बेला चितवन प्रशासनमा हातमा सर्टिफिकेट बोकेर राहदानी बनाउनेको तछाडमछाड नै देख्न सकिन्छ ।

देशमा काम गर्ने वातावरण नभएपछि रत्ननगर नगरपालिका–७ का दिपक लामा पासपोर्ट (राहदानी) बनाउन प्रशासन आएको बताए । खाडी मुलुक जाने तयारीमा रहेका लामाले १२ कक्षा पास गरेका छन् । काम अनुसारको पारिश्रमिक, देशको अवस्थालगायतको असन्तुष्टीका कारण विदेशिन लागेको उनको भनाइ छ । उनले भने, ‘सोचेजस्तो तलब नै छैन । यसले आफू खानेकी परिवार पाल्ने, सन्तुष्टी नै छैन के गर्ने ।’ लामालाई राजनीति प्रति पनि असन्तुष्टी रहेको छ । बुढापाखा पद सत्तामा हुनाले पनि यूवा पलायन हुन बाध्य भएको उनको अनुमान छ ।

यस्तै पूर्वीचितवनकी शीतल पाण्डेले देशमा कुनै भविष्य नै नरहेकाले विदेश जाने तयारीमा रहेको बताइन् । उनले भनिन्, ‘भविष्य नदेखेर त जान थालेको नी, विदेश जस्तो यहाँ हुदैन , एउटा पासपोर्ट बनाउनको लागि त यत्रो दिन दगुर्न पर्छ यस्तोमा यहाँ बसेर के गर्न सकिन्छ र ।’

असन्तुष्टी नै असन्तुष्टीको भारी बोकेर विदेशिन लागेका युवाहरुलाई राहदानी बनाउन पनि सजिलो छैन । कहिले सर्बर डाउन त कहिले के समस्या भइनै रहन्छ । ढिलासुस्ती र काममा आलटाल गरेका कारण पटक–पटक प्रशासन धाउनुपर्ने अवस्था रहेको भण्डाराका राजेश पौडेलले बताए । ‘बिहान ९ बजेदेखि राहदानी लिन आएको हो म । इन्टरनेट नभएर दिउसोको २ बज्दासम्म यही छु । सिस्टम छैन् । ३–४ चोटी दोहो¥याएर आउनुपर्ने अवस्था छ,’ उनले भने ।

गतवर्ष पुस महिनाबाट जिल्ला प्रशासन कार्यालय चितवनले विद्युतीय राहदानी दिन थालेको हो । त्यसयता १० हजार ५७ जनाले राहदानी बनाएका छन् । जसमा महिला चार हजार ६७७ र पुरुष पाँच हजार ३८० जना रहेका छन् । राहदानी बनाउने बढी युवा र वृद्धवृद्धा रहेको चितवन प्रशासनका प्रशासकीय अधिकृत ऋषिराम ढकालले जनाएका छन् । सर्बर डाउनको विषयमा भने उनले कुनै ठोष उत्तर दिएनन् । वल्र्डलिङ्कको इन्टरनेट रहेको प्रशासनले आज भने बसपार्क नजिकको नेट बक्समा खराबी हुदा समस्या भएको बताए । तर, यो समस्या आजको र प्रशासनको मात्र होइन हरेक सरकारी कार्यालयमा नेट नचल्ने समस्या हप्तै पिछे हुने गरेको छ । जसले सेवाग्राहीले सहज, सरल रुपमा सेवा लिनबाट बञ्चित भएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>