चितवन विशेष

चितवनका बोर्डिङमा ४० प्रतिशतसम्म शुल्क वृद्धि गर्न लागिएको भन्दै अनेरास्ववियुको विरोध

Banner

चितवन, असार २७-

एमाले निकट अनेरास्ववियु चितवनले चितवनका बोर्डिङ स्कुलले ४० प्रतिशतसम्म शुल्क बढाउन लागेको भन्दै विरोध गरेको छ ।

संस्थागत विद्यालयहरुले बिना जानकारी आमविद्यार्थी र अभिभावकको ढाड सेक्ने गरी शुल्क वृद्धि गर्न लागेको भन्दै विरोध गरेको हो ।

अनेरास्ववियुका संयोजक अमितकुमार गुप्ताद्वारा हस्ताक्षरित विज्ञप्तिमा निजी विद्यालयहरुमा विद्यार्थीलाई प्रदान गनुपर्ने १० प्रतिशत छात्रवृत्तिलाई पारदर्शी नबनाइ हचुवाको भरमा वृद्धि गरिने शुल्क मान्य नहुने उल्लेख गरिएको छ । निजी विद्यालयहरुमा देखिएको व्यापारीकरणको विरुद्धमा आन्दोलनमा उत्रने चेतावनी दिँदै सबै पालिका कमिटीहरुलाई आन्दोलनका लागि तयार रहन भनिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>