Breaking News

चितवनका बोर्डिङको शुल्क ५० प्रतिशतसम्म बढाउन प्रस्ताव

Banner

मधुसूदन दवाडी

चितवन, असार २७-

चितवनका बोर्डिङ स्कुलहरुले शैक्षिक शुल्क ५० प्रतिशतसम्म बढाउन प्रस्ताव गरेका छन् ।

बोर्डिङ स्कुलहरुको छाता संगठन ‘निजी तथा आवासीय विद्यालय अर्गानाइजेसन नेपाल (प्याब्सन)’ चितवनले मूल्य बृद्धिको बाध्यात्मक अवस्था भन्दै ३० देखि ५० प्रतिशतसम्म शुल्क बढाउन स्थानीय तहलाई प्रस्ताव गरेको हो ।

स्थानीय तहको शिक्षा महाशाखा वा शाखाले यसको निर्णय गर्ने प्रावधान रहेको छ । प्याब्सनले असार २५ गते शनिबार एक विज्ञप्ति जारी गर्दै आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी स्थानीय तहको शिक्षा शाखामा पेस गरेको लामोसमय भइसक्दा पनि शुल्क समायोजन नभएको भन्दै प्याब्सनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । समयमा स्थानीय तहले मूल्य समायोजनको निर्णय नगर्दा कक्षा ११ मा नयाँ शुल्क कति लिने अन्योल भएको भन्दै महंगीको कारण विद्यालय सञ्चालन खर्च पनि धान्न नसक्ने अवस्था आएको विज्ञप्तिमा जनाइएको छ । प्याब्सनले विज्ञप्तिमा आफ्ना शिक्षक तथा कर्मचारी आन्दोलनमा उत्रन सक्ने भन्दै गम्भीर बन्न अनुरोध गरेको छ ।

प्याब्सन चितवनका अध्यक्ष कीर्तिनिधी अर्यालले २०७६ सालदेखि चितवनमा निजी विद्यालयकहरुको शुल्क समायोजन नभएको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ मूल्य वृद्धि भएसँगै ३० देखि ५० प्रतिशतसम्म शुल्क वृद्धिको प्रस्ताव गरेका छौं । हामीले चितवनका सातवटै स्थानीय तहमा प्रस्ताव पठाइसकेकाले उनीहरुले चासो राख्न जरुरी छ ।’

स्मल ह्याभेन मोडल स्कुल आँपटारीका प्राचार्य बिमल क्षेत्रीले स्थानीय तहले शैक्षिक शत्र सुरु हुनु अगाडि चैतमा नै शुल्क समायोजन गर्नुपर्नेमा गर्न नसकेको आरोप लगाए । उनले भने, ‘ सरकारी स्केल अनुसार शिक्षक र कर्मचारीलाई तलब दिने हो भने शुल्क १४७ प्रतिशतले बढाउनुपर्छ । अहिलेको शुल्कमा बोर्डिङ स्कुलहरु चल्न नै गाह्रो भइसक्यो ।’  उनले भने, ‘ महानगरपालिकामा दबाब बढाउनुपर्ने भएको छ । नेपालका ७७ जिल्लामा सबैभन्दा सस्तो शुल्क नै चितवनमा छ ।’

फाइल तस्विर

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>