देश/प्रदेश

बोका खाँदै गरेको अजिंगर भेटिएपछि…

Banner

उदयपुर,असार २६-

उदयपुरको चौदण्डीगढी नगरपालिका – ५ सुन्दरपुरस्थित एक सामुदायिक वन क्षेत्रमा आइतबार साँझ एउटा अजिंगर बोका निल्दै गरेको अवस्थामा फेला परेको छ । सगरमाथा सामुदायिक वन क्षेत्रमा चर्दै गरेको करिब १२ किलोग्रामको बोका अजिंगरले निल्दै गरेको अवस्थामा भेटिएको स्थानीयहरूले बताए । जंगल चर्न गएको स्थानीय कृष्ण दाहालको बोका अजिंगरले खाँदै गरेको अवस्थामा भेटिएको प्रत्यक्षदर्शी खेमराज धमलाले बताए ।

अजिंगरले बोका खाँदै गरेको देखेपछि स्थानीयले इलाका प्रहरी कार्यालय सुन्दरपुरलाई खबर गरेका थिए । उद्धारका लागि गएको प्रहरी टोलीले अजिंगरलाई सुरक्षित तरिकाले बोरामा राखेर सवडिभिजन वन कार्यालय हडिया सुन्दरपुरलाई बुझाएको प्रहरी निरीक्षक डम्बर विश्वकर्माले बताए ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>