Breaking News

चितवनको पटिहानीमा बन्यो एक अर्बको रिसोर्ट, सोल्टी होटलको व्यवस्थापनमा सञ्चालनमा आउने

Banner

चितवन, असार २६–

चितवनको भरतपुर महानगरपालिका–२२, पटिहानीमा निर्माण सम्पन्न भएको रिभरसाइड रोयल गार्डेन साउनबाट सञ्चालनमा आउने भएको छ ।

सोल्टी होटलले सात वटै प्रदेशमा आफ्नो सेवा विस्तार गरेसँगै रिसोर्टलाई सोल्टीले १० वर्ष व्यवस्थापन गर्ने गरी लिएको हो । आज रिसोर्टमा एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सोल्टी होटलका उपाध्यक्ष सुदर्शन चापागाईं र रिसोर्टका अध्यक्ष कल्याण जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेको रिसोर्टका प्रवन्ध निर्देशक ऋषि न्यौपानेले नारायणी अनलाइनलाई जानकारी दिए । यससँगै यो रिसोर्ट अब ‘सोल्टी वेस्टेन्ड रिसोर्ट चितवन’का नामबाट सञ्चालन हुने भएको छ । उपत्यकाबाहिर सोल्टीको नेपालगञ्जमा आफ्नै पाँचतारे होटल विस्तार भइसकेको छ ।

प्रबन्ध निर्देशक न्यौपानेको अनुसार करिब एक अर्ब लगानीमा बनेको रिसोर्टमा नेपालका २५ जना लगानीकर्ताहरु रहेका छन् । ५२ वटा कोठा र १२ भिल्लासहितको यो रिसोर्ट कूल पाँच बिघा क्षेत्रफलमा फैलिएको छ । यसमा ठूला कन्फ्ररेन्स हल, स्विमिङ पुल रहेका छन् । कोरोना अगाडि बन्न सुरु भएको यो रिसोर्ट बन्न झण्डै पाँच वर्ष लागेको छ । अब साउन ३० गतेबाट सञ्चालन गर्ने तयारी गरिएको छ । रिसोर्टमा युवराज श्रेष्ठ, विजय मल्ल, रमेश पिया, ऋषि न्यौपाने, महेन्द्रलाल प्रधान र चुँडामणि खनालको लगानी रहेको छ । खासगरी आगामी पर्यटकीय सिजनलाई लक्षित गरी रिसोर्टले सेवा थाल्ने तयारी गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>