कर्पोरेट

चितवनका युवा विपिन कंडेलले सुरु गरे कमिशनरहितको ‘घडेरी बजार डटकम’

Banner

चितवन, असार २६–

युवाहरु उद्यमी , संगठित र स्वदेशमै केही गर्नुपर्छ भन्ने उद्धेश्यसहित केही बर्ष अघि देखि सञ्चालनमा आएको भी ग्रुपका परिकल्पनाकार विपिन कंडेलले घडेरी बजार डटकमको सुरूवात गरेका छन् । घर जग्गा कारोबारमा हुने कमिसन ,विकृतिलाई निरूत्साहन गर्नुका साथै खरिदकर्ता र बिक्रीकर्ता दुवैलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सम्पर्क गराउने उद्वेश्यले घडेरी बजार डटकम सुरू गरिएको हो ।

एकपछि अर्को सिर्जनशील र उत्पादनशिल उद्यममा लागेका कंडेलको यो पछिल्लो प्रयास हो । चितवन कार्यक्षेत्र बनाएर घर खरीदगर्ने र बिक्री गर्नेको सहजताको लागि यो अनलाईन सञ्चालनमा ल्याईएको कंडेलको भनाई छ । कसैले घर जग्गा विक्रि गर्न चाहेमा घडेरी बजार डटकममा गएर आफ्नो युजर एकाउन्ट बनाई आफ्नो सम्पतिको सम्पुर्ण विवरणहरू , घर जग्गाको फोटो, मुल्य, ठेगाना र उपलब्ध सेवा सुविधाहरू साथै अन्य आवश्यक जानकारीहरू राख्न सक्ने छन् । र खरिदकर्ताको आबश्यकता र चाहना बमोजिम घर जग्गा छनोट गरि बिक्रिकर्तासंग कारोबार गर्न सकिने ब्यबस्था गरिएको छ ।

समय र पैसाको बचत गर्दै काम छिट्टै सम्पन्न गर्ने उद्धेश्यले घडेरी बजार डटकम सञ्चालनमा ल्याईएको उनको भनाई छ । ’आजको व्यस्त समय र प्रविधिको युगमा घरबाटै सबै काम गर्न सकिन्छ। अनलाइनबाटै आफुले चाँहेको सामान खरिद विक्रि गर्ने अभ्यास बढ्दो छ , उनले भने, त्यसलाई मध्ये नजर गर्दै घर जग्गा कारोबारलाई पनि प्रविधिमैत्री बनाउन यो अनलाईन शुरु गरेका हौं ।’ आगामी दिनमा उपभोक्ता एवं सरोकारवालाको आवश्यकता अनुसार स्तरोन्नति गर्दै लैजाने उनको योजना छ ।
घडेरी बजारमा घरजग्गाको कारोबार मात्र नभई यससम्बन्धि सम्पुर्ण समाचारहरू हेर्न र पढ्न पाउने सुविधा रहेको छ । साथै यदी कसैले अपार्मेन्ट बिक्री गर्न र खरिद गर्न चाँहेमा सजिलै घडेरी बजारमा गएर त्यसबारे सम्पूर्ण जानकारी लिन सक्नेछन् र सिधैं बिक्रेतासँग सम्पर्क गर्न सकिने कंंडेलले बताए ।

एमविए उत्तीर्ण गरेका चितवनका उद्यमी युवा विपिन कंडेलले भि ग्रुप कन्स्ट्रक्सन एण्ड डेभलपर्स प्रा.लि.को माध्यमबाट घडेरी बजार डटकम सुरू गरेका हुन् ।
उनले विगत १४ बर्षदेखि विभिन्न सामाजिक गतिविधिमा सकृय रहँदै भि ग्रुप नेपालको माध्यमबाट युवा उद्यमिहरू विच व्यावसायिक परामर्श र नियमित नव उद्यमी मिलन कार्यक्रम गरि भि ग्रुपको अलग अलग आयामहरू संचालन गर्दै आईरहेका छन् । यतिमात्र यो ग्रुप सिमित नरही सामाजिक काममा समेत उत्तिकै सक्रिय रहंँदै आएको छ । ग्रुपले प्राज्ञिक विद्यार्थी परिषद् नेपालको माध्यमबाट चितवनमा उदाहरणीय कार्यहरू कपडा बैंक , नियमित सरसफाइ अभियानको कुशल नेतृत्व लिई त्यसलाई निरन्तरता , महामारीको समयमा खाद्यान्न वितरण, युवाहरूलाई विभिन्न किसिमका तालिमहरू, जनचेतनामुलक अलग अलग अभियानमा पनि सकृय भूमिका निर्वाह गर्दै आइरहेको छ ।

घडेरीबजारले पहिलो चरणमा चितवनमा व्यावसायिक कारोबर सुरु गर्ने छ भने बिस्तारै अन्य जिल्लामा पनि सेवा बिस्तार गर्दै जाने उनले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>