देश/प्रदेश

नागरिकलाई पानी खुवाउन अप्ठ्यारो भीरमा धरानको मेयर हर्क साम्पाङ,सयौं नागरिकको श्रमदान

Banner

धरान,असार २५-

धरान २० मा रहेको पकुवा खोलाबाट पानी लैजान भन्दै धरान उपमहानगर पालिकाका प्रमुख हर्क साम्पाङको आव्हानमा यतिबेला श्रमदान भइरहेको छ । विगत ४ हप्तायता सार्वजनिक बिदाको दिन पकुवा खोलामा सयौँ सर्वसाधारण नगर प्रमुख साम्पाङसँगै श्रमदानमा जुट्छन् । यो अभियानले धरानको वडा नम्बर ११ मा देखिने पानी अभाव टार्न सकिने सर्वसाधारण बताउँछन् । तर, श्रमदानमा ११ नम्बर वडाका मात्रै होइन धरानका प्रायजसो सबै वडाका मानिस त्यहाँ पुगेका छन् ।

साम्पाङ आफैँ पाइप तान्न अप्ठ्यारो भीरमा पुगेका छन् । उनको साथमा सर्वसाधारणहरुले काम गरिरहेका छन् । हालसम्मको श्रमदानबाट मुहानमा सानो २ वटा ट्याङ्की निर्माण गरिएको छ भने झण्डै डेढ किलोमिटरसम्म पाइप टाँगिएको छ । शनिबार पनि साम्पाङसँगै सर्वसाधारण पहिरो गएको अप्ठ्यारो ठाउँमा पाइप तान्न व्यस्त थिए । ‘खुसीको कुरा के भने मैले जनतालाई विकाससँग जोड्न सकेजस्तो लाग्छ । यो काम भनेको हरेक जनतालाई मेरो आफ्नो पनि हो भन्ने लागेको छ, यस्तो इतिहासमा कहिल्यै पनि भएको थिएन,’ धरानका प्रमुख साम्पाङ भन्छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>