चितवन विशेष

बोस्टन कलेजको व्यवस्थापन तथा नेतृत्व प्रतियोगितामा नेजोन धमलाको समूह पहिलो

Banner

चितवन, असार २५-

भरतपुरको बोस्टन इन्टरनेशनल कलेजले गरेको व्यवस्थापन तथा नेतृत्व प्रतियोगितामा नेजोन धमलाको समूह पहिलो भएको छ ।

प्रतियोगितामा समावेश भएका विद्यार्थीहरुको आठ समूहमध्ये पहिलो हुने समूहमा  नेजोन धमलासहित सरिना घिमिरे, संगम श्रेष्ठ, शिक्षा अर्याल, प्रकृति कँडेललगायत रहेका छन् । विद्यार्थीहरुद्वारा सञ्चालित क्लब ‘बोष्टन सेन्टर फर आन्टरप्रेनरसिप एण्ड लिडरसिप’ ले सञ्चालन गरेको प्रतियोगितामा विद्यार्थीहरु इन्दु थापा, सोनिया पुडासैनी, मोना सापकोटा, विष्नु लामिछाने, सजिता श्रेष्ठसहितको समूहले दोस्रो पुरस्कार र विद्यार्थीहरु खेमराज काफ्ले, नरवदा महारत्त, बोधराज पुरी, सन्देश श्रेष्ठ, असिम बगालेसहितको समूह तेस्रो भएका छन । प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिन सफल विद्यार्थी सरिना घिमिरेलाई पनि पुरस्कृत गरिएको छ ।

प्रतियोगितामा पहिलो पुरस्कार तीन हजार ५००, दोस्रो पुरस्कार दुई हजार ५००, तेस्रो पुरस्कार एक हजार ५०० रुपैयाँ र उत्कृष्ट प्रस्तुति दिने विद्यार्थीले एक हजार रुपैयाँ पुरस्कार पाएका छन् । प्रतियोगितामा प्रतियोगीहरुको व्यवस्थापन र नेतृत्वसम्बन्धी ज्ञान, सिप र क्षमतालाई प्रयोगात्मक रुपमा अभिव्यक्त गर्ने क्षमताको मापन गरिएको थियो । प्रतियोगिता पाँच विभिन्न चरणमा विभाजन गरी आयोजना भएको थियो । जसमा बजारीकरण एबम् बेच्ने कला, प्रश्न–उत्तर चरण, संकट समाधान कला, ग्राहकलाई मनाउनुपर्ने र केशमा आधारित सामूहिक छलफललगायत रहेका थिए । निर्णायकहरुमा बोस्टन इन्टरनेशनल कलेजका प्राध्यापक नारायण रेग्मी, सरोज ज्ञवाली र शम्भू बर्तौला रहेको कलेजकी कार्यक्रम सहायक सङ्घपु शाक्यले जानकारी दिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>